किन रोकियो आलमको बयान ?



गौर : नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको बयान रोकिएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका आलमलाई प्रहरीले बयानका लागि मंगलबार बिहान ११ बजे जिल्ला अदालत गौरमा उपस्थित गराएको हो ।

झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल फोटोकपी गर्न समय लागेकोले आलमसँग जिल्ला अदालतले बयान लिन शुरु गरेलगत्तै रोकिएको हो ।

मिसिलको फोटोकपी अधुरो भएको भन्दै बयान केही समयका लागि रोकिएको जिल्ला अदालत गौरले जनाएको छ ।

आलममाथि ३ वटा अभियोग लगाएर जन्मकैद मागसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा अभियोग पत्र दर्ता गराएको थियो । अभियोग पत्र दर्ता गराएपछि आज आलमसँग बयान लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्