आगलागी पीडितलाई प्रदेश सरकारको २० हजार राहत



सुर्खेत : कालिकोटकाे पलाँता गाउँपालिकाका आगलागीपीडितलाई प्रदेश ६ सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । आगलागीबाट गाउँ नै सखाप भएपछि मुख्यमन्त्रीस्तरीय बैठकले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट राहतस्वरुप प्रतिघरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । 

मुख्यन्त्री महेन्द्रबहादुर शाहीले आगालागीबाट घाइते भएकाको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले आगलागीपीडितलाई थप राहत र पुनस्र्थापनाका लागि केन्द्र सरकार, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्