पाँच वर्षभित्र नेपाल डिजिटल बन्ने


काठमाडौं : अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ । कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ ।

डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पु¥याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पु¥याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पु¥याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा परिभाषित गरिएको छ ।

डिजिटल नेपालले ठहर गरेको आठ वटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर र यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्य योजना प्रस्तुत गरेका थिए।

दुई दिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको जारी क्रिकेटमा नेपालले भुटानलाई २

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले इतिहास रचेको छ । यही

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित झण्डै तीन दर्जन राजदूतहरुलाई भेला गराएर