वीरगन्जमा १५ किलो गाँजा बरामद



वीरगन्ज : प्रहरीले वीरगन्जबाट झन्डै १५ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज–२४ स्थित रामगढवामा ना५१प ५९५६ नम्बरको मोटरसाइकलमा लागूपदार्थ ल्याउँदै गरेको सुराकी पाएपछि परिचालित प्रहरीले गाँजा बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उक्त मोटरसाइकलबाट १४ किलो ८०० ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीलाई देखेर मोटरसाइकल चालक भने भागेका छन् । प्रहरीले मोटरसाइकल चालकको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्