दमौलीमा एकै ठाउँमा सात जातिका घर


दमौली : विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् ।

व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो । महोत्सव घुम्न आउने सर्वसाधारणलाई जनजातिको रीतिरिवाज र संस्कृतिबारे जानकारी प्रदान गर्न नमूना घर निर्माण गरिएका उहाँले बताउनुभयो ।

घर्तीका अनुसार उक्त घरहरुमा उनीहरुका संस्कृति झल्कने सामग्रीसमेत प्रदर्शन गरिनेछ । “महोत्सव अवलोकन गर्न आउनेलाई एउटै थलोबाट विभिन्न जनजातिको परम्परागत घर र संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यसाथ घर निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “जसले गर्दा महोत्सवलाई आकर्षण थप्नेछ ।” अहिलेका पुस्तालाई जनजातिका परम्परागत घरबारेमा जानकारी नहुने भएकाले महोत्सवका अवसरमा त्यस्ता घर प्रदर्शन गर्न लागिएको घर्तीले बताउनुभयो ।

बाँस र खर प्रयोग गरी बनाइएका घरलाई निकै आकर्षक बनाइएको छ । ‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित हुने महोत्सव यही कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । दुई सय ३० कक्ष रहने महोत्सवमा रु तीन करोड बराबरको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिनुभयो ।

निःशुल्क बस सेवा

महोत्सव आयोजकले दमौली बजारबाट महोत्सव स्थलसम्म लैजान निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । सर्वसाधारणको सुविधाका लागि दमौलीस्थित भोर्लेटारचोकबाट महोत्सवस्थलसम्म लैजान बसको व्यवस्था गरिएको हो । “सर्वसाधारणलाई सहज होस् भनेर महोत्सव अवधिभरि निःशुल्क बस सेवा सञ्चालन गर्दैछौँ”, महोत्सव संयोजक घर्तीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार

काठमाडौं– सोमबार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै