राजधानीमा पुस १३ देखि जुत्ताचप्पल मेला



काठमाडौं : फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले यही पुस १३ गतेदेखि राजधानीमा जुत्ताचपप्पत तथा छालाजन्य वस्तुको प्रदर्शनी आयोजनाग र्ने भएको छ । मेला पुस १८ गतेसम्म सञ्चालन हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पन्ध्राैं राष्ट्रिय औद्योगिक प्रदर्शनी नाम दिइएको उक्त मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मेलामा विभिन्न किसिमका जुत्ता, चप्पलका साथै छालाबाट उत्पादित वस्तुहरुको प्रदर्शनीका साथै बिक्रीवितरण हुने आयोजकले जनाएको छ । स्कुल का विद्यार्थी, अशक्त र नेपाली पोसाक लगाउनेका लागि मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयालले बताए ।

उनका अनुसार अन्यका लागि २५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ । मेलामा जुत्ता चप्पल खरिदमा १५ प्रतिशतसम्मको छुट व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले बताए । उनका अनुसार प्रदर्शनीमा १ सय ४० वटा स्टल रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्