सिरहाको लहानमा बहुलाहा स्यालले टोक्दा १६ घाइते



महेश सिंह/ सिरहा : सिरहाको लहान नगरपालिकामा एकैदिन १६ जनालाई बहुलाहा स्यालले टोकेको छ । मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर ४ मा बहुलाहा स्यालले गाउँका १६ जनालाई टोकेको छ भने स्थानियवासी आतंकित भएका छन् ।

सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बहुलालहा स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना व्यक्तिलाई टोकेपछि गाउँ नै त्रसित भएको हो ।

मंगलबार बिहान गाउँका व्यक्तिहरु शौचालय गर्न बाहिर निस्कने क्रममा बहुलाहा स्यालले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्यालले आक्रमण गर्दै ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाई मेस्तर, ५ वर्षीय मो. रेहान, ५५ वर्षीया गुलाबदेवि महतो घाइते भएका छन् ।

यसैगरी सन्जुदेवि महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेस्तर, रबिनाकुमारी मेस्तर, संजीवकुमार दास लगायतका व्यक्ति सामान्य घाइते भएका छन् ।

वडा अध्यक्ष रामनाथ पण्डितका अनुसार इलाका प्रहरी कार्यालय लहानका डीसपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डीसपी अर्जुण सापकोटा सूचना पाएलगत्तै घटना स्थल पुगेका थिए ।

घाइते सबै जनाको लहान अस्पतालमा उपचार भईरहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।

प्रतिक्रिया दिनुहोस्