धरान उपचुनाव : नेकपाको नीति फर्काउने, कांग्रेसको नीति थर्काउने


धरान : आउदो मंसिर १४ गते हुन गईरहेको धरान उपमहानगरपालिकामा मेयरको उपनिर्वाचनमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि तत्कालिन नेकपा एमालेले विजय हासिल गरेको धरान उपमहानगरपालिकामा यसपटक पनि नेकपाले आफ्नो विरासत कायम गर्ने योजनाका साथ अघि बढेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय सरकार र प्रदेश सरकारमाथि कडा प्रहार गर्दै सरकाले काम गर्न नसकेको कुरा उठान गरी जनताबीच यो विषयलाई चर्को ढंगले उठाउने तयारी गरेको छ ।
धरान र धरान उपमहानगरपालिकाका उपनिर्वाचनको तयारी सबै दलहरुले चुनावी अभियानलाई तिव्रता दिन थालेका छन् ।

आ–आफ्ना पार्टीका तर्फबाट अघि सारिएका उम्मेदवारसहित जनताको घर दैलो कार्यक्रम शुरु गरेका छन् । निर्वाचन आउन अव २३ दिन बाँकी रहदा यहाँका राजनीतिक दलहरुले मत माग्ने अभियानलाई तिव्र बनाएका छन् ।

धरानलाई आफ्नो गढ मान्दै आएको सत्तारुढ दल नेकपाले मेयरका उम्मेदवार प्रकाश राईलाई अघि सार्दै हिजोदेखि औपचारिक चुनावी अभियान शुरु गरेको छ । धरानको विकट वडा ४ नं. को हर्दिया दानावारी, पत्राङवारी देविगाउँबाट नेकपाले चुनाव प्रचार शुरु गरेको हो । नेकपाका जिल्ला सचिव तथा प्रदेश सभासदस्य रमेश बस्नेतको संयोजकत्वमा परिचालन कमिटी बनाएर घरदैलो शुरु गरेको छ ।

यता पटक पटक हार व्यहोदैं आएको नेपाली काङ्ग्रेसले सत्तारुढ दल नेकपाले भन्दा एक महिना अघि नै नगरसभापति तिलक राईलाई उम्मेदवार घोषणा गर्दै घर दैलो अभियान शुरु गरिसकेको छ । राई गत निर्वाचनमा स्व तारा सुब्बासँग ४ हजार ८ सय ७३ मत अन्तरले पराजित भएका थिए ।

गत आइतबार धरान बजारमा कार्यकर्ताहरुको उपस्थितिमा नगर क्षेत्रमा मार्चपास ग¥यो । काङ्ग्रेसले क्षेत्रीय सभापति शुरेशमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । कम्युनिस्टहरुले धरानलाई विकास गर्न नसकेको मुद्धा उठाउँदै कांग्रेसले यस पटक काङ्ग्रेसलाई मत दिन आग्रह गर्दै अभियान संचालन गरिरहेको छ ।

२०५१ सालदेखि निरन्तर रुपमा वामबन्थी उम्मेदवारले जित्दैं आएको धरानमा यसपटक नेकपाका उम्मेदवार प्रकाश राई र काङ्ग्रेसका तिलक राई विच प्रतिस्पर्धा हुने छ ।

मेयरमा अन्य पार्टीहरुले पनि उम्मेद्वारहरुको घोषणा गरि सकेका छन् । संघीय समाजवादी पाटीले गजेन्द्र इस्वोलाई, संघीय लिम्बुवान मञ्चले पार्टीका जिल्ला अध्यक्ष अमर इजमलाई उम्मेदवार बनाएको छ भने साझा पार्टीले राजन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै स्वतन्त्रबाट हर्क साम्पाङले चुनाव प्रचार प्रसार शुरु गरिसकेका छन् ।

अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २०९७५ मत ल्याएर विजय भएका थिए । तिलक राईले १६१०२ मत ल्याएका थिए । साविक माओवादी केन्द्रले ११ हजार १ सय ८० माओवादी केन्द्रले ल्याएको थियो । संघीय समाजवादी पार्टीले उपमेयर मात्र उठाएको थियो । उपमेयरमा ५१८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता संख्या ७९ हजार २ सय ९० रहेको छ । यो बर्ष १३ हजार ५६३ थपिदा ९० हजार ८५३ मतदाता पुगेका छन् ।

करिव अढाई बर्षे मेयरको कार्यकालका लागि प्रकाश राई र तिलक राईको प्रतिस्पर्धा हुने छ । अघिल्लो निर्वाचनको आङ्कलन अनुसार नेकपाको उम्मेद्वारले भारी मतले जित्ने स्थानीयको विश्लेषण छ । साविक एमाले र माओवादी केन्द्रको एकता भएका कारण उनीहरुको मत ३२ हजार भन्दा माथि पुग्ने छ । नेकपाका विकासका एजेण्डा भएकाले ८÷१० हजारको मतान्तरले निर्वाचन जित्ने नेकपाले दावी गदैं आएको छ ।

गत निर्वाचनबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि रिक्त स्थानमा आउदो मंसिर १४ गते धरान उपमहानगरपालिकामा मेयर पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको