प्राकृतिक स्रोतको दोहन रोकिने



जनकपुरधाम : धनुषामा प्राकृतिक स्रोत दोहन नियन्त्रण गर्न गठित जिल्ला अनुगमन समितिले सक्रियता देखाएको छ । धनुषामा सञ्चालन भइरहेका ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्ने अवैध क्रसर उद्योग बन्द गर्ने निर्णयसँगै अनुगमन समिति सक्रिय भएको हो । 

 

समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने तथा सञ्चालकलाई कारबाही गर्ने निर्णय गरेकोे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

 

 जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा गठन भएको अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी कणेल, सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डे, राष्ट्रिय अनुसन्धानका उपरीक्षक शेरजंगबहादुर चन्द सदस्य छन् ।

 

 अनुगमन समितिले ढुंगा बालुवा र गिट्टीको अवैध ओसारपसारमा संलग्न भएकाहरूलाई कारबाही गर्ने जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दीपक झाले बताए ।

प्रतिक्रिया दिनुहोस्