चिनियाँ कविको ‘आमाको हात’


काठमाडौं : चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गरेका हुन् । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् ।

चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आएका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरुका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका महानायकहरुको स्तुतिगान गरिएको छ । हिमाली कविहरुले लेख्ने आफ्नो जन्मस्थल, जनजातीय संसार, आमा, पहाड, खोला, झाँक्री, पूर्वज आत्मा, रक्सी, कविहरु जस्ता विषयवस्तु तिनमा पाइन्छ ।

माजियाका कवितामा नेपालसँग मिल्दोजुल्दो विषय भएकाले र विश्वको कविताको प्रवृत्ति चिनाउन आफूले नेपालीमा कविता अनुवाद गरी प्रकाशनमा ल्याएको अनुवादक शर्माले बताए । “ यस सङ्ग्रहका माध्यमबाट अनुवादका लागि उपयुक्त कार्यशाला पनि चलाउन सकिन्छ”, शर्माले भने ।

सङ्ग्रहमा प्राकृतिक सौन्दर्यको अनौठो चित्रणका साथै चीनको प्रतिविम्ब भेट्न सकिने उनको भनाइ छ । चीनले माजियाको काव्य ऊर्जाबाट आफूलाई प्रस्तुत गरेको विचार पनि शर्माले व्यक्त गरे । अमेरिकी कवि ज्याक हिर्शम्यानले माजियालाई कविता कलाको सम्प्रेषणमार्फत विश्व रुपान्तरण सक्ने अद्भुत सांस्कृतिक शक्ति भएको तथा नोबेल पुरस्कारका उपयुक्त पात्र भएको टिप्पणी गरेका छन् । आगामी दिनमा फ्रान्सेली, जर्मनेली, स्पेनी, पोर्तगाली, अमेरिकी, ल्याटिन अमेरिकी कविताहरुको पनि अनुवाद गरिने जानकारी शर्माले दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनितीकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त