मेयर समयमा नआएपछि वडाध्यक्षद्वारा बैठक बहिष्कार



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका केही वडाध्यक्षले बोर्ड बैठक बहिष्कार गरेका छन् । 

वडा नम्बर १, २, ४, ५, ७, ९, १०, ११, १२, १५, १६, १८, २०, २३, २४ र २५ का वडाध्यक्ष बैठक बहिष्कार गरी निस्किएका छन् । वार्डका अध्यक्षहरु आजको बोर्ड बैठक बहिष्कार ग़री बाहिरिएको हो । मेयल लालकिशोर साहले एजेन्डाबिनै बैठक बोलाएको आरोप उनीहरुको छ ।

 

३ बजे बैठक बोलाएर मेयर साह नै ४ बजेसम्म उपस्थित नभएपछि आफूहरु बैठकस्थलबाट बाहिरिएको वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्णले बताए । 

उनले भने, ‘फोनबाट हामीलाई आज (सोमबार) तीन बजे बोर्ड बैठक हुने खबर गराए पनि के एजेडामा बैठक हुने भन्ने जानकारी दिइएको थिएन । हामी एक घण्टा बस्यौं तर मेयर आफैं नआएपछि के गर्ने ? त्यसैले अब घर फर्केको ।’

२५ वटा वडा रहेको जनकपुर उपमहानगरपालिकाका १६ जना वडाध्यक्षले बैठक बहिष्कार गरेको ४ नं. वडाका अध्यक्ष सुदर्शन सिंहले बताए । 

प्रतिक्रिया दिनुहोस्