जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गरिने


ललितपुर : ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताए ।

ऐन अनुसार जरिवाना तिराएर त्यहाँ रहेको जनावरको छाला र हड्डीलाई सुरक्षित रुपमा नष्ट गरिने छ, ‘त्यस ठाउँमा वातावरण प्रदूषण गराउने कार्यमा समेत रोक लगाइने छ, भट्टराईले भने ।’ उनले यसअघि तरकारीलगायत अन्य फोहरको विषयमा यसरी गुनासो आएको र जरिवाना तिराएको भए पनि जनावरको हड्डीको विषयमा भने पहिलो पटक घटना भएको बताए ।

वातावरण प्रदूषण गरेको भन्दै स्थानीयवासीले दिएको उजूरीको आधारमा ललितपुर प्रहरीले भारतीय नागरिक फैसल मुस्लिम, साजिद मुस्लिम र नेपाली रामेश शेर्पालाई पक्राउ गरेको छ । कानून अनुसार प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमिल्ने देखेपछि उनीहरुलाई मङ्गलबार ललितपुर महानगरपालिकामा बुझाइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

वातावरण प्रदूषण गराएको भन्दै एक हप्ताअघि स्थानीयवासी बुद्धमार्ग क्लबले छानबीन गरी कारवाही गर्न भन्दै निवेदन दिएको थियो । सोही उजूरीका आधारमा प्रहरी पुग्दा उनीहरुले झण्डै दुई ट्याक्टर छाला र हड्डी जलाउँदै गरेको अवस्थामा फेला पारी तीन जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुले विभिन्न क्षेत्रबाट हड्डी सङ्कलन गरेर यहाँ जलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । यसरी जलाउँदा आसपास क्षेत्रमा प्रदूषण फैलिएको स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ