यातायात व्यवस्था कार्यालय दाङको ट्रायल सेन्टर


दाङ : तुलसीपुर उपमहानगरपालिका–६ स्थित शोभा भगवतीको गुठीको जग्गा भाडामा लिएर २०७० सालदेखि ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको हो । कार्यालयले वितरण गर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि दिइने ट्रायल सेन्टरलाई १० वर्षका लागि भाडामा लिइएको हो । करीब दुई बिघा जग्गा भाडामा लिएर ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको कार्यालयका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले बताए ।

उक्त जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्ने गरिएको अधिकारीले बताए । उनका अनुसार ट्रायल सेन्टरका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन प्रदेश सरकारलाई ‘स्टिमेट’ बनाएर पठाएको छ । सो स्टिमेट पाँच÷छ महिना अघि पठाएको भए पनि हालसम्म कुनै चासो नदेखाएको उनले गुनासो गरे । कार्यालयले करीब रु ७० लाखको स्टिमेट तयार पारेर प्रदेश सरकारलाई पठाएको अधिकारीको भनाइ छ । अहिले यातायात कार्यालय दाङ पनि भाडामा सञ्चालित छ ।

जसको भाडा मासिक रु ४५ हजार रहेको उनको भनाइ छ । २०६६ सालदेखि सो कार्यालय भाडामा बसेको हो । दुईतले रहेको उक्त भवनका १८ वटा कोठा भाडामा लिएको उनको भनाइ छ । कार्यालयलाई ती कोठा साना र अपुग हुने गरेकोसमेत उनले बताए । अर्कोतर्फ कार्यालयको उचित पार्किङसमेत नुहँदा समस्या हुने गरेको छ ।

कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गादाताको खोजी कार्य भइरहेकोसमेत अधिकारीले बताए । जीर्ण ट्रायल सेन्टर ट्रायल सेन्टरभित्र एउटा टहरा छ । जुन टहरा जीर्ण रहेको छ । त्यही जीर्ण टहरामा अहिले ट्रायल दिँदा आवश्यक पर्ने सामग्री राख्ने गरिएको छ । “कागजात त्यही राख्ने गरिन्छ, ट्रायल सेन्टरमा आवश्यक पर्ने ट्राफिक कोणहरु पनि त्यहाँ राख्ने गरिन्छ”, उनले भने, “त्यो भवन पनि जीर्ण हुँदा समस्या हुने गरेको छ ।”

अर्कोतर्फ ट्रायल सेन्टर पनि साँघुरो छ । जग्गा पर्याप्त भए पनि पूर्वाधार साँघुरो ढङ्गबाट निर्माण गरेकाले समस्या भएकोसमेत उनले बताए । अर्कोतर्फ ट्रायल सेन्टरसम्म पुग्नका लागि पक्की सडक नहुँदा पनि समस्या हुने गरेको छ । “वर्षात्को समयमा हिलाम्मे हुने गरेको छ”, उनले भने, “अन्य समयमा धुलाम्मे हुने गर्छ, यसले पनि ट्रायल सेन्टरसम्म जान आवतजावतमा समस्या हुने गरेको छ ।”

अर्काको भवनमा परीक्षा यातायात व्यवस्था विभाग राप्तीको लिखित परीक्षाका लागि आफ्नै हल नहुँदा समस्या हुने गरेको छ । अहिले लिखित परिक्षाका लागि कार्यालयले अन्य कलेज तथा विद्यालयसंग माग गर्ने गरेका छन् । जसका लागि मासिक रु १०÷१२ हजार भाडा तिर्नुपर्ने अवस्था रहेको प्रशासन प्रमुख अधिकारीले बताए । यो समस्या समाधानका लागि करीब ३०० परिक्षार्थी अटाउन सक्ने हलको आवश्यकता रहेको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ