स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या बढ्दै


बुटवल : रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिए ।

व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिनेमा अधिकांश सरकारी कर्मचारी भएको बताइएको छ । विसं २०७६ असार मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या ३१ हजार ६६८ रहेको छ । “सरकारले यसलाई व्यवस्थापन गर्न खोजेकाले पनि प्यान अनिवार्य भएको छ”, उनले भने । त्यस्तै व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

अहिलेसम्म कूल ५२ हजार २३२ ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । उक्त सङ्ख्यामध्ये चालू आव २०७६÷०७७ को कात्तिक १५ गतेसम्म चार हजार ९९२ ले व्यावसायिक प्यान लिएका छन् । विसं २०७६ असार मसान्तसम्म ४७ हजार २४० ले व्यावसायिक प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

यसैगरी मूल्यअभिवृद्धि कर (भ्याट) मा अहिलेसम्म आठ हजार ६३९ ले दर्ता गराएका छन् भने विसं २०७६ को कात्तिक १५ सम्म एक हजार २७० ले दर्ता गराएका छन् । अहिलेसम्म भ्याटमा दर्ता गराउनेको सङ्ख्या सात हजार ३६९ रहेको छ । स्थायी लेखा नम्बर (प्यान) आयकर, मूल्यअभिवृद्धि कर एवं अन्तशुल्कसम्बन्धी सबै कारोवारको लागि प्रयोग हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ

काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा ताल्चा