अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ



ललितपुर : महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उड्ड्यन प्राधिकरणमा पठाएको छ । 

महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्राधिकरण पठाइएको र ‘ड्रोन क्यामरा’ लगायत उनीहरुसँग भएका सामग्री परीसरले जफत गरेकोे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

‘ड्रोन क्यामरा’ उडानका लागि पालना गर्नुपर्ने नियमसम्वन्धी प्राधिकरणले जारी गरेको निर्देशिका पालना नगरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्