चिकित्सक नभएपछि खाँदबारीमा बेहाल, कर्मचारीको पनि सुर न ताल


सङ्खुवासभा : खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुग्नुभयो । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो ।

आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भन्नुभयो, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको पढाइ सकेर आएका परीक्षणमा काम गरिरहेका चिकित्सक, स्वास्थ्य सहायक र अहेबको भरमा चलेको छ । अस्पताल बसाइँको अवधिमा बिरामी कार्कीले सामान्य रोगको उपचारका लागि आएका बिरामीलाई पनि त्यहाँ कार्यरत चिकित्सकले धरान, विराटनगर वा काठमाडौँं लैजान भन्ने गरेको देखेको अनुभव सुनाउनुभयो ।

दशैँ र तिहारलगायतका चाड मनाउन घर गएका चिकित्सक अहिलेसम्म नफर्किएको स्थानीयवासी छत्रमणि काफ्लेले बताउनुभयो । सघन उपचार कक्षमा भर्ना भएका बिरामीलाई चेकजाँच गर्न चिकित्सक आउँदैनन् । पटक–पटक फोन गरेपछि एक पटक आउँछन्, अनि हेरेजस्तो गरेर हिँडिहाल्छन्, जान्ने बुझ्नेलाई पनि जिल्ला अस्पतालमा सेवा लिन समस्या छ । चिकित्सासेवा लिन अस्पताल आउनुभएका काफ्लेले भन्नुभयो, “८ घण्टाको फरकमा लगाउनुपर्ने सुई १२ घण्टा वितिसक्दा पनि लगाउन आउँदैनन् । ”

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जिल्ला अस्पताल रहेको ५० श्ययाको क्षमताको अस्पताल हो । तर, चिकित्सक अभावमा स्वास्थ्य सहायक९एचए० विजय पराजुली र केही अहेबले ओपिडीमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका हुन्छन् । जिल्ला अस्पताल स्वास्थ्य सहायक९एचए० को भरमा सञ्चालन छ । दुईजना करारका चिकित्सक कार्यरत छन् । दरबन्दीका कोही चिकित्सक बिदामा बसेका छन् । भने कोही सरुवा भएर हिँडिसकेका छन् । कर्मचारी समायोजनपछि जिल्ला अस्पताल केही सातादेखि चिकित्सक बिहीन छ ।

खाँदबारी अस्पतालमा सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पासिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत बिरामी आउने भएकाले सधैँ भीड हुन्छ । यहाँ दैनिक ३०० बढी बिरामी उपचारका लागि आउँछन् । एचए र अहेबलाई उनीहरुको स्वास्थ्यपरीक्षण गर्न भ्याइनभ्याइ हुने गरेको एचए पराजुलीले बताउनुभयो ।

दक्ष चिकित्सक नहुँदा अस्पताल पुगेका बिरामी सामान्य चेकजाँचपछि फर्किनुपर्छ । जटिल प्रकारका बिरामीलाई शहरका अस्पतालमा उनीहरुले सजिलै पठाउने गरिदिन्छन् । अस्पतालको भौतिक अवस्था हेर्दा लाग्छ सुविधा सम्पन्न छ, तर अस्पतालले बिरामीलाई दिनुपर्ने सेवा भने एउटा प्राथमिक स्वास्थ्य केन्द्रको बराबर छ, बिरामीले रोग अनुसारको उपचार पाउँदैनन्, काफ्लेले भन्नुभयो,।

सबै खाले सेवाका सेवाकर्मीबीच समन्वय हुन नसक्नु र अधिकांश चिकित्सक हाजिर भएको केही दिनमै जिल्ला छाडेर फर्किने गरेको घटना यो अस्पतालका लागि नौलो हैन, काफ्लेले भन्नुभयो । कर्मचारीको आ–आफ्नो घमण्डका कारण जिल्ला अस्पतालको अवस्था बिग्रिएको हो ।

चिकित्सकबीच तालमेल नहुँदा निक साईमन नामक संस्थाले निःशुल्क सञ्चालन गरेको २४ सै घण्टा शल्यक्रियासहितको प्रसूति सेवा पनि बन्द छ । ग्रामीण भेगका गर्भवती महिलालाई मध्यनजर गरेर सेवा सञ्चालनमा ल्याए पनि गर्भवती महिला ठूलो रकम खर्चेर शहरका अस्पताल जान बाध्य छन् । निक साइमनका चिकित्सकले सरकारी चिकित्सक र कर्मचारीले असहयोग गरेको आरोप लगाएका छन् ।

यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निक साइमन संस्थाले बिदामा बस्दा अर्का चिकित्सक उपलब्ध गराउने सम्झौता अस्पताल प्रशासनसँग गरेको छ । तर, उसले सेवा प्रभावित हुँदासमेत बेवास्था गरिरहेको छ । दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको हो । अहिले दैनिक पाँचजना भन्दा बढी प्रसूतिसेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य सरोज बज्राचार्य निक साइमनसँग चिकित्सक ल्याउने पहल भइरहेको बताउनुहुन्छ । बज्राचार्यले चिकित्सक नहुँदा समस्या भएको स्वीकार्नुभयो । केही दिनमा सबै चिकित्सक आउने र सबै प्रकारका सेवा सुचारु हुने उँहाले बताउनुभयो । करारका मेडिकल अधिकृतले नभ्याएपछि एचए र अहेबले ओपिडिमा चेकजाँच गरिरहेको र ५० श्ययाको अस्पताल डेढवर्ष अघिबाट मेडिकल अधिकृतको भरमा चलिरहेको पनि समितिका सदस्य बज्राचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ