‘मेलम्ची निर्माण कम्पनीप्रति विश्वासको वातावरण छैन’



काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग कुनै द्विविधा नभए पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छिन् ।     

खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था वास मिडिया फोरमले आयोजना गरेको ‘सङ्घीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्य दिगो विकास लक्ष्य’ विषयक अन्तरक्रियामा उनले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भए मात्र काम अघि बढ्ने जानकारी गराइन् ।  

ठेकेदार कम्पनीसँग काम गर्न सरकारले विश्वासको आधार खोजिरहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिइन् । मन्त्री मगरले मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार संवेदनशील भएर लागेको बताइन् ।  

कार्यक्रममा उनले खानेपानीको पहुँचभन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजना समेटेर योजना बुक तयार गरेको जानकारी दिइन् । घण्टौँ घण्टासम्म पानीका लागि हिँड्नुपर्ने समस्याको हल गर्न थप योजना ल्याउन लागिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्