सितोरियो कराँतेका प्रतियाेगिताका लागि प्रदेश दुईबाट १० जना खेलाडी छनोट



जनकपुरधाम : ब्राइट गोर्खा डोजोको आयोजनामा काठमाडौंमा हुने प्रदेशस्तरीय कराँते प्रतियोगिताको लागि प्रदेश दुईबाट १० जना सितोरियो कराँतेका खेलाडी छनोट भएका छन् । 

 

धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा भएको छनोट खेलको लागि प्रदेश २ का आठ जिल्लाबाट २ सय १६ जना कराँते खेलाडीले उपस्थिति जनाएका थिए । 

धनुषाका कराँते प्रशिक्षक विरेन्द्र कर्णले द नेपालटपलाई दिएको जानकारीअनुसार २ सय १६ जना खेलाडी मध्ये १ सय ८ जना महिला खेलाडी पनि उपस्थिति थियो।

छानिएका खेलाडीहरुमा ४५ केजी तौल महिलातर्फ जेनी सिंह, ५० केजीमा विष्णुमाया तामाङ, ५५ केजीमा सन्ध्या लोहासुल, ६० केजीमा खुश्बू खड्का छन् भने पुरुषतर्फ ५० केजी तौल समुहमा कुशल बस्नेत, ५५ केजीमा सरोज पासवान, ६० केजीमा दिलीप पासमान, ६७ केजीमा प्रकाश भारती रहेको धनुषा जिल्ला खेलकूद समितिले जनाएको छ ।

सितोरियो कराँतेका प्रशिक्षक जीवछ भगतको अध्यक्षतामा सोमबार भएको छनौट खेलमा महिलामा सन्ध्या र पुरुषमा बब्लू राइन छानिएको संघका अध्यक्ष कमल किशोर चौधरीले बताए ।

 

छानिएका खेलाडीहरु आउँदो पूस १४ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय कराँते प्रतियोगिता खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्