साँखुमा प्रहरीसँग एकदिन कार्यक्रम सम्पन्न




काठमाडौ : प्रहरी प्रभाग साँखुले समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार भर्खरै विद्यालयका विधार्थीहरुलाई समाजमा हनेगरेका अपराधका विषयमा अन्तरकृया गरेको बताए ।

निरीक्षक पन्थीले भाग्योदय मा बि का कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध के हो ? अपराधीक कार्यमा सङ्लग्न हरुको पहिचान कसरी गर्ने ? छात्राहरु यौनजन्य हिम्सा बाट कसरी बच्ने ? बालदुराचार भनेको केहो ? घटित अपराध को अनुसन्धान कसरी गरिन्छ लगायतका विषयमा प्रशिक्षण दिनुका साथै विद्यार्थीहरुका जिज्ञासा समेत मेटाएका थिए ।

यस्तै प्रशिक्षण पश्चात विधार्थीहरुलाई नागरिक सहायता कक्ष, हिरासत कक्ष एबम अनुसन्धान कक्षको अबलोकन गराइ सैद्धान्तिक एबम ब्याबहारिक ज्ञान प्रदान गरिएको प्रभाग प्रमुख पन्थीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्