बालबालिकालाई टिफिन बक्स



महोत्तरी : आधारभूत शिक्षाप्रति विद्यार्थीलाई आकर्षित बनाउन महोत्तरी जिल्लाको भंगहा नगरपालिकाले विद्यालयकेन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । तीमध्येको एउटा कार्यक्रम विद्यार्थीका लागि आवश्यक आधारभूत सामग्री निःशुल्क उपलब्ध गराउने हो । 

यस क्रममा भंगहा–४ थारू टोलस्थित आधारभूत विद्यालयका एक सय ६० जना बालबालिकालाई टिफिन बक्स दिइएको छ । अत्यावश्यक सामग्री नहुँदा समेत विद्यालय छाड्ने वा निरन्तर पठनपाठन नगर्ने अभ्यासमा कमी ल्याउन टिफिन बक्स प्रदान गरिएको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले बताए । 

आधारभूत तहमै विद्यार्थीको मानसिक, शारीरिक र संवेगात्मक विकास हुने हुँदा यी जम्मै वृद्धिका कारक साधनस्रोत उपलब्ध गराउने योजनाअनुरूप टिफिन बक्स दिइएको मेयर साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्