पाँच नेपाली नागरिक चाइनीज राहदानीसहित इजिप्टमा पक्राउ !



 काठमाडाैं: नेपालका पाँच जना नागरिक चाइनीज राहदानी सहित इजिप्टमा पक्राउ परेका छन् ।  उनीहरु नक्कली राहदानी प्रयाेग गरेर विभिन्न देश हुँदै यूराेप जान खाेज्दै गर्दा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा मनाङ, मुस्ताङ र पर्वतका तेन्जिङ सेर्पा, सिंह लाल गुरुङ, यासांग सेर्पा लामा, पञ्जेल गुरुङ र च्युसाम लामा रहेका छन् ।

 

दुर्इजनालार्इ १९ सेपेटेम्बरमा र  तीन जनालार्इ २४ सेप्टेम्बरमा इजिप्टस्थित विमानस्थलबाट पक्राउ गरिएकाे जनाइएकाे छ । सात दिनको भिजीट भिसामा इजिप्टको लाागि उडान भरेका उनीहरु इजिप्टबाट यूरोपको लागि चाइनीज राहदानी प्रयोग गरि जान लागेका थिए ।  

 

पक्राउ परेका पाँचै जनालार्इ नेपाल फिर्ता पठाइएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अध्यागमन कार्यालयले आवश्यक कार्बाहीको उनीहरुलार्इ नक्कली राहदानीसहित राहदानी विभाग कालिकास्थान पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्