‘अनलाइन गेम’ खेल्ने प्रतिबन्ध लगाउने चीनको निर्णय


चीनले बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ।

त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ।

भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको अधिकारीहरूले बताएका छन्।

प्रयास

अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो।

मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ।

जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन्।

चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो।

रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो।

अनलाइन गेमिङ

भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ।

अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।

त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो।

केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ।

हानिकारक

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो।

हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन।

तर इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ।

केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् र धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय राखेका छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम

विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी

पोखरा : तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् ।

अस्ट्रेलिया : डढेलो फैलिएर नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ। संसद्‌ भवनबाट

एजेन्सी : इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका

काठमाडौं : नेपाली कांग्रेसमा पछिल्ला समय बढ्दै गएको विवादको विषयमा सभापति शेरबहदुर देउवा निवासमा छलफल

सल्यान : बहुविवाहको आरोपमा सजाय भोग्दै आएका एक दम्पतीसँगै उनका तीन सन्तानले पनि कैदी जीवन

काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न

धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब