मणिमण्डप सौन्दर्यीकरणमा १८ करोड खर्चिने



जनकपुरधाम : जनकपुरधामस्थित रामजानकी विवाहमण्डप सौन्दर्यीकरणका लागि १८ करोडको टेन्डर स्वीकृत गरिएको छ । 

टेन्डर रविना कन्सट्रक्सनलाई परेको छ । मणिमण्डपमा जनक प्यालेस, धर्मशाला, प्रिमिलियन (दलानघर), सीता स्वयंवर प्रिमिलियन, सडक, बगैंचा निर्माणका साथै भित्री सौन्दर्यीकरण गरिनेछ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको अध्यक्षतामा सोमबार बसेको बैठकमा सौन्दयीकरणका कारण मणिमण्डपपछाडि बसोबास गर्ने २०/२२ वटा घरधुरी विस्थापित हुने अवस्था आउन सक्ने विषयमा गम्भीर छलफल भएको छ ।

बैठकमा विस्थापित हुनेलाई कसरी पुनस्र्थापित गर्ने भन्ने विषयमा छलफल भएको हो । 

यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले आइयुडिपीको म्याद थप गर्न पत्राचार गर्ने निर्णय गरेको छ । डिसेम्बर ६ देखि मार्च २९ तारिख २०१९ सम्म म्याद थप गर्न सहरी विकास तथा भवन निर्माण विभागमा पत्राचार गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्