नेपाली दुतावास लन्डनमा भ्रमण वर्षको भब्य कार्यक्रम



काठमाडौं : भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाली दुतावास लन्डन र नेपाल पर्यटन बोर्डको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लण्डनमा एक कार्यक्रम भएको छ । कार्यक्रमलाई संस्कृति पर्यटन तथा नागरि उड्डयनमन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए ।

नेपाली र बिदेशी गरी १५० को सहभागिता रहेको थियो । सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा सुबेदीले मन्तव्य राखेको थिए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भ्रमण वर्षको बारेमा आकर्शक प्रस्तुती गरेका थिए ।

कार्यक्रममा १४ पटक सगरमाथा आरोहण गर्ने ब्रीटिस नागरिक केन्तोन कुल र पहिलो पटक बेलायतबाट सगरमाथा आरोही ब्रीटिस महिला रेबिका र सांसद म्याथ्युले आफुनो भनाई राखेका थिए । सो कार्यक्रममा नेपाललाई पर्यटन वर्ष सफल पार्न सक्दो सहयोग गर्ने सांसद म्याथ्युले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा कलाकारहरुको आकर्शक प्रस्तुती रहेको थियो ।

यसै गरी लण्डनमा चलिरहेको विश्व पर्यटन बजारमा नेपालको पर्यटन प्रबर्द्धनका बिभिन्न काममा सहभागि हुँदै अन्य केही महत्वपूर्ण भेट्घाट भएको मन्त्री भट्टराईले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

सो अवसरमा करिब ३० वर्षसम्म सांसद र पटक पटक मन्त्री समेत भएका टोनी बाल्ड्री र नेपालका लागि बेलायतका राजदूत एन्ड्यु स्पार्कससँग मन्त्री भट्टराईको महत्वपूर्ण भेटघाट भएको थियो । यस्तै नेपालका लागि नवनियुक्त राजदूत किोला पोलिटसँग लन्डन दुतावासमा पनि मन्त्री भटट्राईले भेट गरेका थिए ।

भेटका क्रममा भ्रमण वर्ष २०२० को बारेमा कुराकानी भएको र निकै उपलब्धिमूलक रहेको मन्त्री भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्