नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई लक्षित गरी बम विस्फोट



कास्की । पोखराको टुरिष्ट बसपार्कमा अज्ञात समुहले बम विस्फोट गराएको छ । कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेदवार विद्या भट्टराई लक्षित गरी बम विस्फोट भएको हो ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेदवार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम विस्फोट भएको थियो ।

पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम विस्फोट भएको सुरक्षा निकायले जानकारी दिएको छ । बम विस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

बम विस्फोट कसले र किन गरायो भन्ने बारे खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । बम विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्