विद्याले गराईन उम्मेदवारी दर्ता



कास्की : आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभाका लागि नेकपाका उम्मेदवार विद्या भट्टराईले उम्मेदवार दर्ता गाराएकी छन् । आज (बिहीबार) कास्की क्षेत्र नम्बर २ को लागि भट्टराईले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई लक्षित गरी बम विस्फोट

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । विद्या दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी श्रीमती हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको हो ।

भट्टराईले उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जानुअघि उनले रवीन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद ग्रहण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्