भक्तपुरमा कांग्रेसद्वारा उम्मेदवार दर्ता



भक्तपुर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भक्तपुर १ (क) मा उम्मेदवारी दर्ता गरेको छ ।

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले केही समय अगाडी उम्मेदवारी दर्ता गराएको हो ।
कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उम्मेदवारी दर्ता गराएका थिए ।

कांग्रेसले कृष्ण भँडेललाइ उम्मेदवार बनाएको छ । कांग्रेसको उमेदवारी सातौँ नम्बरमा दर्ता भएको छ ।

कांग्रेसले कमलविनायकबाट ब्यान्ड बाजासहित जुलुस निकलेर निर्वाचन कार्यालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्