नेपालले पायो कोरियामा १० हजार श्रमिक कोटा



काठमाडौं: रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले कोरियाबाट १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ।

 

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउन लागेको खबर आजको कारोबार दैनिकमा छ ।

 

कामदार छनौटका लागि फागुनको दोश्रो हप्ता १० औँ भाषा परीक्षा आवेदन हुँदैछ। नेपालमा ईपीएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा वढ नेपाली कोरिया प्रवेश गर्न पाउने भएका छन्।

 

कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अबैद्य रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्म छ।

प्रतिक्रिया दिनुहोस्