मानिसको मासु खाने र लाशसँग संसर्ग गर्ने अघोरी बाबाको चर्तिकला



काठमाडौं : हिन्दु सम्प्रदायको ज्ञान आर्जन गर्ने विविध विधा र साधनामध्ये अघोरी एक विशिष्ट साधना विधा हो । यसले विधागत ज्ञान र यसको व्यवहारिक प्रयोगमा विश्वास गर्छ । हेर्दा सामान्य देखिए पनि यसको साधना र व्यवहारिक पनि निकै जटिल हुन्छ । अघोरी आफैमा उक्त साधना र त्यसको व्यवहारिक प्रयोगको उच्चतम् अभिव्यक्ति मानिन्छ ।

यो विधागत ज्ञानको उत्कर्षमा पुगेको साधक वा योगी मसानघाटमा एक्लै रात बिताउने, वर्षौ स्थान बाँधेर त्यही ध्यान गर्ने र ध्यानकै अवस्थामा उनीहरुलाई भोक लागेको महसुस भएमा ध्यान भंग नगरी जलाइरहेका लाशहरुबाट मासु तानेर निशंकोच भोजन गरी भोक तृप्त पार्ने काम गर्दछन् ।

यो विधाको मान्यताअनुसार चीसो ठाउँमा नाङ्गै महिनौ र वर्षौं भगवान शिवको साधनामा हराउँदा ध्यानकै बेला शिवका यौन लिलाहरु अन्तरमनले देख्न पुगी अघोरीहरुमा यौनउत्तेजना पैदा हुन गएमा त्यसलाई ध्यान र ज्ञानको अपूर्व मिलन वा ज्ञानप्राप्तीका रुपमा लिइन्छ र ध्यान भंग नगरिकन उनीहरु घाटमा ल्याइएका लाशसँग ध्यानकै अवस्थामा यौनसम्पर्क गर्न पुग्छन् । तर तान्त्रिक विधि र मान्यताअनुसार उनीहरुले कहिल्यै पनि जीवित मानिससँग यौन सम्पर्क गर्दैनन् र गर्नु पनि हुँदैन । यदि यसो गरेमा उनीहरु अपवित्र हुन गई कहिल्यै पनि शिवका उपाशक हुन सक्दैनन् त्यही विन्दुबाट उनीहरु धर्म, अर्थ, काम मोक्षको उद्देश्यबाट बिचलित भएको मानिन्छ ।

धार्मिक मान्यताअनुसार यदि अघोरीहरुले जलिरहेको कुनै लाशको मांस भोजन गरेभने वा कसैसँग यौन संपर्क गरेभने मरेको मानिस पवित्र भएर स्वर्ग जान्छ । उसका लागि स्वर्गको ढोका खुला हुन्छ । अघोरी आफैमा टुना, तन्त्रमन्त्र, स्मसानका साथमा रहने विश्वास गरिने भएकाले मानिसहरु तर्सने गर्दछन् ।

अघोरीहरुले अघोर अज्ञानताबाट उज्यालो, पवित्र र धार्मिक जीवनशील पक्षतिर डोर्याउँछन् भन्ने विश्वास गरिन्छ । यी सबै मोक्षप्राप्तिसँग जोडिएको हुन्छ भन्ने विश्वास गरिन्छ । गाँजा तान्नु यिनीहरुको साधनाको साधन हो ।

हाल एक अघोरी बाबा ‘एकाएक भाइरल’ भएका छन् । २० वर्ष अघिदेखि मसानघाटमा बस्दै आएका उनी खुला भएपछि पहिले पत्रकारसँग र त्यसपछि बिबाह गरेर पत्नीसँग बस्न थालेका छन् । हाल बिबाहित अबस्थामा पनि पत्रकारहरुले उनको पिछा भने गर्न छाडेका छैनन् ।

विज्ञान र प्रविधिका कारण सञ्चारका विविध विधाहरुको विस्तार हुँदै जाने क्रममा ‘यु ट्युब’ को विकास भएपछि हरेक दिन एउटा न एउटा नयाँ सेलिब्रेटी वा ‘इस्यु’ चाहिने युट्युबका लागि सुन्दरीजलस्थित एउटा घाटमा बस्ने अघोरी भाइरल बनाइए । भूतप्रेतसँग कुराकानी गरेर बस्ने र मसानघाट नै आफ्नो घर बताउने, फूर्तिला र कडा मिजास उनी भाइरल बाबा बनेर चिनिए ।

पछिल्लो चरणमा उनीमाथि रण्डीबाजी र महिलामाथि हातपात र हिंसा गर्दै आएको आरोपसहित मसानघाटको अघोरीबाट युट्युवको भाइरल बाबा बनेका उनी शारदा पाण्डेसँग बिहेबन्धनमा बाँधिए पछि निकै धेरै प्रश्नहरुले घेरिन पुगेका छन् ।

शिव भगवानले ती अघोरी एक्लै भए भनेर ती महिला शारदा पाण्डेलाई जीवनसाथी बनेर सहयोग गर्न भनी पठाएको भन्ने ती भाइरल बाबाले पाण्डेलाई पनि अघिल्लो जुनीमा अघोरी माता रहेको पुष्टि गर्न घुमाउरा तर्कहरु गर्दै आएका छन् ।

उनीमाथि अघोरीको खोल ओडेर समाजमा विभिन्न विकृति र त्रास फैलाउँदै आएको भन्ने आरोप पनि कम सोचनीय छैन । त्यसोभए अघोरी साधनाहरुमध्ये सबैभन्दा जटिलखालका साधना शव साधना, शिव साधना र स्मशान साधनाले ती भाइरल बाबालाई रुपान्तरण गरेन त ?

प्रतिक्रिया दिनुहोस्