देउवाको चियापान, पौडेलको रात्रिभोज



काठमाडौं : कांग्रेस शीर्ष नेताहरूले जिल्ला सभापति र महासमिति सदस्यहरूलाई बिदाइ भोज दिएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । 

सो अवसरमा देउवाले केन्द्रीय नेताहरूलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् । 

‘हामीले यसअघिदेखि नै केन्द्रीय नेता पनि तलबाटै निर्वाचित भएर आउनुपर्ने माग गरेका थियौँ,’ कांग्रेस बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापाले भने, ‘नेताहरूले केन्द्रीय समितिबाट भए पनि नेताहरूलाई चुनिएरै आउने व्यवस्था राख्ने वचन दिनुभएको छ ।’ देउवाले बोलाएको चियापानमा नेता रामचन्द्र पौडेलसहितका नेता कार्यकर्ता पुगेका थिए । 

यस्तै, नेता पौडेलले जिल्ला सभापति र महासमिति सदस्यहरूलाई सोमबार बेलुका रात्रिभोज दिए । पौडेलले बोलाएको भोजमा कांग्रेसका शीर्ष नेताहरू पनि सहभागी थिए । नौ दिनसम्म चलेको कांग्रेस महासमिति बैठक सोमबार पाँचवटा प्रस्ताव र प्रतिवेदन सर्वसम्मतले पारित गर्दै सकिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्