फिफा विश्वकप फुटबल छनोट : नेपाल र म्यान्मा भिड्दै


काठमाडौं : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु हुनेछ ।

म्यान्मासँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा थियो । सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यान्मासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यान्मा समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेल्नेछ । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ ।

यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यता समूह एफमा रहेको म्यान्माले ३ खेल खेलिसक्दा कुनै अङ्क जोड्न सकेको छैन । म्यान्माले यही कात्तिक २८ गते घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ ।

नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद

काठमाडौं : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै

काठमाडौं : करिब दश महिनादेखि शुरु भएको निजामति कर्मचारी विधेयकले अझै पूर्णता पाउन सकेको छैन

एजेन्सी :अमेरिकी अभिनेत्री एनाबेला सिओराले हार्वी वाइन्स्टिनले आफूमाथि निर्दयी तवरले बलात्कार गरेको बताएकी छन्। वाइन्स्टिनमाथि

काठमाडौं : बिहिबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित

जनकपुरधाम : प्रदेश दुईमा भएको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनको बर्चस्वता देखिएको छ । निर्वाचनमा

काठमाडौं : सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम

विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी