घानीद्वारा वार्ताका लागि सहभागीको सूची तयार


एजेन्सी : चीनमा हुने अफगान शान्ति प्रक्रियाका लागि अफगानिस्तानको सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची बिहीबार टुङ्गो लगाएको छ । विद्रोही तालिवान समूहको तर्फबाट उक्त समूहका वरिष्ठ नेता मुल्लाह अब्दुल घानीले सहभागिता जनाउने घोषणा भैसकेको छ । यद्यपि वार्ताको मिति भने अझै तय गरिएको छैन ।

राष्ट्रपतिका प्रवक्ता सेदिक सिद्दकीले भने, “गत सोमबार राष्ट्रपति असरफ घानी र चिनियाँ विदेश मन्त्री वाङ यीबीच टेलिफोनमा भएको कुराकानीमा तालिवान समूहसँग अफगानिस्तानको शान्तिवार्ताका लागि बेइजिङमा विद्रोही समूहसँग वार्ता गर्न सहमति जनाएका थिए ।” “यो बेइजिङ बैठकले तालिवान र अफगानी सरकारबीच वार्ताको बाटो तय गर्नेछ,” राष्ट्रपतिका प्रवक्ता सिद्दिकीलाई उद्धृत गर्दै तोलो न्यूजले लेखेको छ ।

वार्ताको मिति चीनले घोषणा गर्नेछ । अफगान सरकारले छिट्टै सरकारको तर्फबाट वार्तामा सहभागी हुने टोलीको नाम चीन सरकारसमक्ष उपलब्ध गराउनेछ । चीनको मध्यस्थतामा अफगानिस्तानको शान्तिका लागि यस पहिले अक्टोबर २९ र ३० का लागि वार्ता गर्नेगरी तयारी भएकोमा काबुलको अनुरोधमा यसलाई सारिएको थियो ।

यद्यपि मिति सार्नुपर्ने कारण भने काबुलले जनाएको थिएन । अमेरिका र तालिवान समूहबीच नौ चरणमा भएका वार्ता गत सेप्टेम्बर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो । जसमा अमेरिका र अफगानी तालिवान समूहबीच शान्तिका लागि सैद्धान्तिक सहमति भएको जनाइएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीटमार्फत् अफगानी राष्ट्रपतिसहित तालिवान समूहका नेताहरूसँग वासिङ्टनको उत्तरपूर्वमा रहेको क्याम्प ड्याभिड गर्ने भनेको वार्ता स्थगित भएको जानकारी गराएपछि अफगानी विद्रोहीसँगको वार्ता रोकिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको

काठमाडौं : कर्मचारी सरुवामा नयाँ नियम लागू हुने भएको छ । यो नियम लागू भएपछि

म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो ! म रमेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुर्नव्यवस्थित गरेका छन् । कतिपय सल्लाहहरुले प्रभावकारी

काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् ।

भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने