प्रेम प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार



वीरगन्ज: पर्साको पर्सागढी नगरपालिकामा वडा नं. १, बागवानाकी सकुन्तला कुमारी चौधरी सोमबार विहानै उठेर मुख धोइ खाजा खाएर कलेज तर्फ लागिन् । बिहानै कलेज लाग्ने भएकाले उनी हतार हतारमा बिद्यालय तर्फ भौंतारिदै गर्दा उनले सोच्दै नसोचेको घटना ब्यहार्न प¥यो । उनी कलेज जाने क्रममा उनीमाथि छुरा प्रहार भयो ।

 

पर्सागढी न.पा. २ मा रहेको श्री जनता उच्च मा.वि. बडनिहारमा कक्षा ११ मा अध्ययनरत छात्रा शकुन्तला माथी कलेज जाने क्रममा भटनी गाउँका राजेश चौधरीका २० बर्षिय छोरा राजकिशोर चौधरीले छुरा प्रहार गरेका हुन । राजकिशोरले राखेको प्रेम प्रस्ताव अस्वीकार गरे पछि शकुन्तला माथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

 

उनी एकतर्फी प्रेममा रहेको बताइएको छ । राजकिशोर शकुन्तलालाई पटक पटक प्रेम प्रस्ताव स्वीकार गर्न दवाव दिदै आएका थिए । छुरा प्रहारले घाइते भएकी सकुन्तलाको नेशनल मेडिकल क्लेज शिक्षण अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

 

छुरा प्रहारले शकुन्तलाको शरिरको विभिन्न भागमा चोट लागेको छ ।छुरा प्रहार गर्ने राजकिशोरलाई प्रहरीले पक्राउ गरि आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

 

यता छुरा प्रहारको घटनामा संलग्नलाई हदै सम्मको कर्वाहीको माग गर्दै स्थनिय महिलाहरुले मानवा प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन् । आक्रोशिक महिलाहरुले मनवा प्रहरी चौकीको कम्पाउण्ड वाल समेत भत्कादिएका समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्