श्रीलङ्कामा एक्कासी बढेको वायु प्रदुषणपछि अनुसन्धानका लागि डब्लुएचओलाई आग्रह


एजेन्सी : श्रीलङ्काको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासी तथा अनपेक्षित प्रदुषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ ।

मङ्गलबारदेखि श्रीलङ्काको वातावरणमा एक्कासी अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलङ्काको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराए ।

बुधबार मध्यान्न श्रीलङ्काको वायुको गुणात्मक अवस्था (एक्यूआई) प्रदुषणको घेराभन्दा माथि अर्थात् ११२ अङ्कमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबिआरओ)ले देखाएपछि स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो ।

एनबिआरओका वातावरण अध्ययन एकाईका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैयौँ भागमा एक्यूआईको तह १७३ अङ्कभन्दा माथि पुगेको र मध्यान्नमा १६५ मा झरेको उल्लेख गरी समाचार संपे्रषण गरेका थिए । एक्यूआई सामान्य रहँदा उक्त घेरा ५० अङ्कभन्दा तल रहने गर्छ ।

नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाब श्रीलङ्कामा परेको हुनसक्ने भएपनि एक्कासी देखिएको प्रदुषण अनुसन्धानको बिषय हुनुपर्ने र कारणहरू खोजिभइरहेका प्रेमसिरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको

काठमाडौं : कर्मचारी सरुवामा नयाँ नियम लागू हुने भएको छ । यो नियम लागू भएपछि

म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो ! म रमेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुर्नव्यवस्थित गरेका छन् । कतिपय सल्लाहहरुले प्रभावकारी

काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् ।

भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने