आजको राशिफल : कार्तिक २१ गते, शुक्रबार



आज – २२ कार्तिक २०७६ शुक्रवार को राशिफल

काठमाडौँमा सूर्योदय ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २७ घडी १४ पला । पञ्चक। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह । भीष्मपञ्चक आरम्भ । सुनसरीस्थित बराहक्षेत्रमा धार्मिक मेला सुरु। खोटाङको बराहपोखरीमा मेला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबलमा कमी आउनेछ र निर्णयपनि कार्यान्वयन हुन सक्दैनन् । शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयमेग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । दैनिक कार्यमा प्रगती हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्