सुदूरपश्चिमका मन्त्री फरार, मन्त्रीको अकुत सम्पत्तिमाथि शुद्धिकरणको नजर



धनगढी : सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि ठगी र किर्तेमा अदालतमा मुद्दा दर्ता भएसँगै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत छानविन शुरु गरेको छ । विभागले बहालवाला मन्त्रीको सम्पत्ति छानबिन गरेको यो पहिलो घटना हो ।

ठगी तथा किर्तेमा मुद्दा परेपछि कानुनी रुपमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल अहिले प्रहरीको फरार सूचीमा छन् । तर, प्रहरी कार्यालयको नजिकै रहेको मन्त्रालयमा उनी दैनिक गइरहेका छन् । यसो हुँदा पनि प्रहरीले उनलाई समाउन नसक्नु आश्चर्यको विषय बनेको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको छ । ठगी र किर्ते मुद्दामा फरार सूचीमा रहेका सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको हो ।

विभागले राज्यमन्त्री रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको हो ।

प्रारम्भमा एउटा क्याम्पसको शेयरको विवाद भएको थियो । शेयर विवादले उग्ररुप लिँदै जाँदा अदालतदेखि सम्पत्ति शुद्धिकरण विभागसम्म पुगेको छ । रावल समेतको स्वामित्वमा रहेकोे जनज्योती एजुकेशन फाउन्डेशन कञ्चनपुर पब्लिक लिमिटेड मार्फत उनले ठगी गरेको मुद्दा जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ ।

७ साउन ०७६ मा जिल्ला सरकारी वकिल कार्यालयले रावलसहित ३६ जनालाई प्रतिवादी बनाएर कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारी, राज्यमन्त्री रावल र कम्पनीका अन्य सञ्चालकहरु गोमती रावल, मिनाक्षी रावल र दानबहादुर रावलले ठगी गरेर अकुत सम्पती आर्जन गरेको प्रहरीको अनुसन्धानबाट खुलेपछि मुद्दा दर्ता हुँदै सम्पत्ति शुद्धिकरण विभागसम्म उजुरी परेको थियो । त्यसपछि उनीमाथि कारबाहीका लागि छानबिनको प्रक्रिया अगाडी बढेको हो ।

सो फाउन्डेशनको नाममा ठगी गरेर मन्त्री रावलसहितका अधिकारीले अवैध सम्पत्ति आर्जन गरेको खुलेपछि विभागले विभिन्न कार्यालयमा छापा मारेर मन्त्रीसहितका अभियुक्तहरुको सम्पत्ति रोक्का गरेको छ ।

जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो । शेयर हस्तान्तरण गरेको नक्कली कागजपत्रका आधारमा उनले पैसा लिएका थिए । १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतो खुलेपछि उनीहरूलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ । मुद्दा दायर गरिएकाहरूमा धेरै कम्पनीकै सञ्चालकहरू छन् ।

प्रतिक्रिया दिनुहोस्