२०७७ साल के ११ महिनाको हुँदै छ ?


काठमाडौं : २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ।

पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो। यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो। पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो।

‘धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक छ’, उनले भने, ‘चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुन्छ त्यसैले सच्याउनुपर्छ।’ उनका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १र१ महिना सार्न आवश्यक छ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा।रामचन्द्र गौतमले सरकारले १० वर्षपछि पुनः ०७७ साललाई ११ महिना बनाउने विषय शास्त्रसिद्ध कुरो नभएकाले लागू गर्न असम्भव भएको बताए। यसमा पञ्चांग सहमत हुनै नसक्ने उनको भनाइ छ। ‘भारतमा १५० वर्षदेखि ११ महिना बनाउनुपर्छ भने पनि अहिलेसम्म सम्भव भएको छैन’, गौतमले अन्नपूर्णसँग भने, ‘७२ वर्षमा एक दिन वर सर्छ तर सूर्य र चन्द्रमाको गति नमिलेजस्तो देखिए पनि २७ डिग्री पुगेपछि आफैं मिल्छ।’

२१६ वर्षसम्म नमिलेमात्र सच्याउनुपर्ने उनको तर्क छ। उनले भने, ‘राजनीति र भूगोल फरक भए पनि दक्षिण एसियाको संस्कृति एउटै भएकाले सच्याउने हो भने दक्षिण एसियाका सबै देश एक भएरमात्र सच्याउनु पर्छ।’

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं नेपाल पञ्चांगका पूर्वअध्यक्ष प्राध्यापक डा। माधव भट्टराईले सरकार यसअघि यो विषयमा चुकिसकेकाले पुनः मन्त्रिपरिषद्बाट निर्णय गर्नुअघि गम्भीर भएर सोच्नुपर्ने बताए। ‘धर्मसंस्कृतिजस्तो संवेदनशील विषयमा सरकारले हचुवाको भरमा निर्णय गर्नै हुँदैन, जनताले त २०६५ सालमै सरकारलाई ११ महिना मान्दैनौं भनेर जवाफ दिइसके’, उनले भने। उनका अनुसार ११ महिना बनाउँदा महाशिवरात्री मनाउन भारतबाट आउने हजारौंको संख्यामा साधुसन्त र जोगी फागुनमा आउँदा माघमै सकिएको हुन्छ। भट्टराईले भने, ‘११ महिना लागूको निर्णय भयो भने सारा संसार अर्कोतिर हुन्छ। पञ्चांग तयार पार्दा मिनेटमात्र होइन सेकेन्डको महत्व हुन्छ।’

पर्वसुधार समितिका संयोजक मल्लले ११ महिना बनाउनेमा पञ्चांग निर्णायक समितिको सहमति नभएको स्वीकारे। ‘पञ्चांगको निहीत स्वार्थ छ, त्यहाँ संलग्न र अन्य केही फलित ज्योतिषीले कमाइ कम हुने वा पेशा विस्थापित हुने भनेर विरोध गरेका हुन्’, उनले भने, ‘२०७७ सालमा मलमास छ, यो १३ महिनाको हुन्छ त्यसैले घटाउन लागेका हौं।’ उनले २०७७ सालमा सम्भव नभए ०८० सालमा भए पनि घटाउने जानकारी दिए। पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला संस्कृतिमन्त्री गोपाल किँराती र सचिव छविराज पन्त हुँदा ०६७ को वैशाख महिनामा पर्ने महिना अधिकमासलाई साधारण सरह गरी चान्द्र पर्वहरू एक महिना वर तान्ने निर्णय गरिएको थियो। अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ