उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो


ठिनी : उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई/तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको