स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


चितवन : भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन् । घाइते हुनेमा गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल रहेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।भारतबाट नेपाल आउने

काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८

दार्चुला : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा

काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८

काठमाडौं : नेपाली सेनाले भारतीय दुई सञ्चारमाध्यमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं : काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको संख्या बढ्दै गइरहेको छ । तर, उपत्यकामै

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहारको संज्ञा दिएका

चितवन : नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको कोभिड–१९ प्रयोगशालामा

झापा : झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ