गाउँपालिकामा एउटै नम्बरका दुई मोटरसाइकल



 झापा : बाह्रदशी गाउँपालिकाले एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल प्रयोग गरिरहेको छ । गाउँपालिकाले यातायात व्यवस्था तथा ट्राफिक नियमविपरीत एउटै नम्बरका दुईवटा मोटरसाइकल प्रयोग गरेको हो । दुवै मोटरसाइकलमा सेतो प्लेटमा मे.१ब ७४९ लेखिएको छ । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सिसीको पल्सर हुन् ।

एउटा मोटरसाइकल लेखा अधिकृत सेवकविक्रम राई र अर्को इन्जिनियर नरेन्द्र श्रेष्ठ चढ्ने गरेका छन् । एउटा मोटरसाइकलको वास्तविक नम्बर मे.१ ब७५६ रहेको पाइएको छ । 

२९ असोज ०७५ मा यातायात व्यवस्था कार्यालय मेचीमा दर्ता भएको सो मोटरसाइकलको वास्तविक नम्बर ब्लुबुकबाट खुलेको हो । अर्को मोटरसाइकलको ब्लुबुक गाउँपालिकाका कर्मचारीले देखाउन मानेनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्