नेपाल भारत प्रभुद्ध समूह सदस्य उप्रेतीको निधन      



काठमाडौं: नेपाल भारत प्रभुद्ध व्यक्ति समूह (इपिजी)का भारततर्फका सदस्य प्राध्यापक डा. भुवनचन्द्र (बिसी) उप्रेतीको सोमबार निधन भएको छ । जयपुरस्थित इटर्नल अस्पतालमा उनको निधन भएको हो ।

 

मंसिर १० गते हृदयाघात भएपछि उप्रेतीको अपरेसन भएको थियो । अपरेसनपछि आराम गरेर बसेका उनलाई पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । सोमबारै उप्रेतीको अन्तिम संस्कार सम्पन्न भइसकेको छ । उनका श्रीमती, एक छोरा र छोरी छन् ।   

प्रतिक्रिया दिनुहोस्