रौतहट राजपुर नरसंहार काण्डमा मुछिएका एसपी रामकृष्ण लामा हङकङमा भेटिए



रौतटह : रौतहट राजपुर नरसंहार काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पीडितहरुले उजुरी दिएपछि उनको खोजीका लागि प्रहरी मुख्यालयमा रौतटहले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । सोही आधारमा खोजीकार्य तीव्र बनाएको प्रहरी मुख्यालयले लामा हङकङमा रहेको जानकारी दिएको हो । उनलाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

१२ वर्षअघि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई मोहम्मद अफताब आलमको निर्देशनमा एसपी लामाको गाडीले स्कटिङ गरेर इँट्टाभट्टा पुर्याइएको खुलासा भएको छ । उनीहरूलाई इँट्टाभट्टामा राखेर ज्युँदै जलाइएको थियो । उनले त्यसबापत आलमसँग ४० लाख रकम लिएको आरोप समेत लिएका छन् ।

अहिले रौतहट हत्याकाण्डका मुख्य अभियुक्त आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ भने रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्