अर्थमन्त्रालयले गर्यो एकै पटक १ हजा ५ सय कर्मचारीको सरुवा



काठमाडौं : अर्थमन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागका गरी करिब १ हजार ५ सय कर्मचारीको पदस्थापन गरेको छ । उपनिर्वाचन हुन ४४ दिन बाँकी हुँदा अर्थमन्त्रालयले एकैपटक यति धेरै कर्मचारीको सरुवा गरेको हो ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उक्त रिक्त रहेको स्थानमा हुन लागको निर्वाचनका लागि गत कात्तिक ८ गतेदेखि आचारसंहिता लागू भइसकेको छ ।

यसकारण निर्वाचन आयोगसँग पनि सहमति लिएर अर्थले पदस्थापन गरेको अर्थमन्त्रालय श्रोतले बताएको छ । कर्मचारीहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा पदस्थापन भएको हो ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयका कर्मचारीको समायोजन संघमा गरे पनि पदस्थापन हुन सकेको थिएन ।

अर्थमन्त्रालयले नियमअनुसार असोज १५ भित्र पदस्थापन गरिसक्नुपर्ने थियो । तर, सचिव राजन खनालका कारण असोज १५ भित्र समायोजन हुन सकेको थिएन । असोज १५ भित्र पदस्थापन नभएका कारण सबै कर्मचारी अन्योलमा थिए । समायोजन भइसकेपछि पदस्थापन नहुँदा कार्यसम्पादन असर परेको थियो भने प्रथम चौमासिकमा लक्ष्यअनुसार राजस्व असुली नै हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्