निमरिताको बलत्कारपछि हत्या


काठमाडौं : पाकिस्तानको सिन्ध प्रान्तको लरकाना सहरमा रहस्यमयी ढंगले मृत भेटिएकी निमरिता कौरको शव परीक्षण रिपोर्टमा उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ । स्थानीय डेन्टल कलेजमा बीडीएस अध्ययनरत निमरिताको शव १६ सेप्टेम्बरमा कलेजको छात्रावासमा भेटिएको थियो ।

सुरुवाती शव परीक्षणमा पनि उनको हत्या भएको आंशका गरिएको थियो । अब उनको शवको अन्तिम रिपोर्ट आएको छ जसमा बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शव परीक्षणको अन्तिम रिपोर्ट लरकानाको चन्दका मेडिकल कलेज हस्पिटलले जारी गरेको छ ।

निमरिताको शवको परीक्षण गरेकी चन्दका मेडिकल कलेज हस्पिटलकी महिला मेडिकल अफिसर डा. अमृताले आफ्नो रिपोर्टमा भनेकी छन्, कि उनको मृत्यु को कारण श्वास फेर्न नसक्नु थियो, घाँटी थिच्दा या झुन्ड्याउँदा यस्तो दाग बन्न सक्छ ।

यसका साथै डीएनए रिपोर्टमा पनि उनको शरीर (यौनांग) मा पुरुष डीएनए पाइएको छ । साथै उनको कपडामा पनि वीर्यको दाग पाइएको छ ।

निमरिता बीडीएसको अन्तिम वर्षकी छात्रा थिइन् । पाकिस्तानी पत्रिका डनलाई प्रहरीका सर्जन डा. करार अहमद अब्बासीले भनेका थिए कि उनको बलात्कारपछि घाँटी थिचेरै हत्या भएको हो । प्रारम्भिक जाँचमा पनि निमरिताको मृत्युको कारण घाँटी थिचेरै भएको बताइएको थियो । (बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको

काठमाडौं : कर्मचारी सरुवामा नयाँ नियम लागू हुने भएको छ । यो नियम लागू भएपछि

म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो ! म रमेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुर्नव्यवस्थित गरेका छन् । कतिपय सल्लाहहरुले प्रभावकारी

काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् ।

भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने