नयाँ मोड दिँदै राजपुर नरसंहासकाण्ड : अख्तर वैदेशिक रोजगारमा रहेको पत्नी अमन भनाइ



रौतहट : १२ वर्षअघि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम विस्फोट प्रकरणले नयाँ मोड लिएको छ ।

सो घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप र सिंह र ओशी अख्तर माएिको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको छ ।

तर, अहिले आएर अख्तरकी पत्नी अमन खातुनले आफ्नो श्रीमानको मृत्यु नभइ उनी वैदेशीक रोजगारीका लागि विदेश गएको बताएकी छन् ।

रौतटह जिल्ला अदालत पुगेर अमनले आफ्नो पति वैदेशिक रोजगारीमा गएको र ओशी अहिलेसम्म नफर्केको भन्दै निवेदन दिएकी हुन् । यद्यपी निवेदन भने दर्ता भइसकेको छैन ।

घटनाका मुख्य अभियुक्त मोहम्मद अफताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ भने रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्