सी लाई भेट्न नपाउँदा पूर्व राजा ज्ञानेन्द्रले दूतसँग गरे यस्तो गुनासो



काठमाडौं : असोज २५ गते चिनियाँ राष्ट्रपति सी जिनफिङ राजकिय भ्रमणमा नेपाल आएर फर्किए । उनले नेपालमा रहँदा विभिन्न राजीतिक दलका व्यक्तिहरुसँग भेटघाट पनि गरे । यसैक्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न चाहेका थिए, तर उनले सो अवसर भने पाएनन् । राजकिय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्ने इच्छा व्यक्त गरेपनि नेपाल सरकारले त्यसलाई सकारात्मक रुपमा नलिएपछि उनको चाहनाले औपचारिक रुप लिन नसकेको बताइएको छ ।

भारतको तामिलनाडुमा अनौपचारिक शिखर भेटघाट अर्थात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन बिताई नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति सीको यो चाहनालाई नेपालको स्थायित्वका लागि परम्परागत शक्तिको भूमिकाको औचित्य र आवश्यकताबारे चीन स्पष्ट रहेको संकेतका रुपमा पनि यसलाई लिइएको छ ।

भारतको तामिलनाडुमा अनौपचारिक शिखर भेटघाट अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन बिताई नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति सी को यो चाहनालाई नेपालको स्थायित्वका लागि परम्परागत शक्तिको भूमिकाको औचित्य र आवश्यकताबारे चीन स्पष्ट रहेको संकेतका रुपमा पनि यसलाई लिइएको छ ।

राष्ट्रपति सी को चाहनाप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नदेखिएपछि सीले नभई उनका विशेष दूतले पूर्वराजासँग भेट गरेको सरकारका एक उच्च पदाधिकारीले पुष्टि गरका छन् । ‘यो भेटघाट भएको विश्वसनीय आधार हामीसँग छ’, उनले भने । तर निर्मल निवास सचिवालयले यसबारे केही बोल्न चाहेको छैन ।

नेपालको शान्ति, सुरक्षा र प्रशासनिक दक्षता वृद्धिका लागि सरकारी निकायका लागि तालिम लगायतको व्यवस्था मिलाउने आश्वासन दिएका चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्रीसँगको वार्तामा नेपाली भूमि कुनै रुपमा चीनविरुद्ध प्रयोग भएमा त्यस्ता शक्तिहरुको ‘हाड र रगत अलग’ गर्ने चेतावनी दिएर खासगरी पश्चिमी शक्तिहरुको बढ्दो भूमिका र त्यसले चीनको सुरक्षामा सम्भावित असरप्रति गहिरो चासो व्यक्त गरेका थिए ।

सरकारको अलोकप्रिता र पूर्वराजाको जनताबीच देखिने गरी बढेको लोकप्रिताको यो चरणमा सी को शाहसँगको भेटको पक्षमा ओली नरहेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको एक स्रोतले जानकारी दिएको छ ।

वि.स. २०६२ मा ढाकामा भएको सार्क शिखर सम्मेलनमा नेपालले चीनलाई पर्यवेक्षकको स्थान दिलाउन पूर्व राजा ज्ञानेन्द्रको बेजोड पहलबाट भारत त्यतिबेला अत्यन्त रिसाएको थियो । चीनले पनि त्यसको गुन २०६३ को परिवर्तनताका बिर्सियो र यस क्षेत्रका अन्य राष्ट्रसमक्ष उसको विश्वसनियताको साख धमिलियो । तर, २०६६ सम्ममा ‘कोर्स करेक्सन’ मा लाग्यो ।

भुटानलाई भारतको मुठीमा रहन दिए पनि नेपालको स्वतन्त्र अस्तित्व र भरपर्दो राजनीतिक स्थायित्वमा बेइजिङको चासो पहिलेभन्दा बढेको छ । त्यसैले होला, राष्ट्रपति सीले हालैको नेपाल भ्रमणमा आफ्ना टोलीका सदस्यलाई निर्मलनिवासमा विशेष दूतका रूपमा पठाएर पूर्वराजालाई प्रफुल्ल पारे ।

भनिन्छ, भूराजनीति बुझेर राजा वीरेन्द्रले नेपाललाई भुटानको लहरमा संकुचन गर्ने प्रस्तावमाथि सहमति दिएका भए न पञ्चायत ढल्थ्यो, न त सक्रिय राजतन्त्र खुम्चिनुपर्ने थियो । त्यस्तै प्रस्ताव राजा ज्ञानेन्द्रले २०६२ हिउँदमा स्विकारेका भए, आजसम्म २०४७ को संविधानले उत्कृष्ट दस्ताबेजको स्थान पाइरहन्थ्यो ।

यता गत भदौमा भारतीय परराष्ट्रमन्त्री एस. जयशंकर र त्यसको केही दिनपछि चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदा, सरकारबाट प्रदर्शित विभेदले नयाँदिल्ली स्तब्ध भएको जानकारी भारतीय स्रोतबाटै चुहिएको छ । नेपालका परराष्ट्र सचिवले भारतका परराष्ट्रमन्त्री जयशंकरलाई विमानस्थलमा स्वागत गरेका थिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, जयशंकरलाई भेट्न पाहुना बसेको होटेलमा जान मानेनन्, जुन ठीक निर्णय थियो ।

तर, चिनियाँ मन्त्रीलाई भेट्न भने उनी प्रोटोकल बिर्सेर पाहुना बसेको होटेलमा लुसुक्क छिरे । चीनसँगको समझदारीअनुसार नेपालमा सकारात्मक भूमिका खेल्न दिल्लीले ढिलाइ गरेकोमा बेइजिङलाई चित्त बुझेको छैन । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको पछिल्लो भेट केही दिनअघि चेन्नईमा हुँदा, २०७५ असोजमा नेपालबारे ‘त्रिपक्षीय’ निष्कर्षअनुसार अब अविलम्ब गर्न नहुने राष्ट्रपति सीको भनाइमा मोदीले सहमति दोहोर्याएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधि, डा. भट्टराईको ज्यासल ढोकाबाट उपेन्द्र यादवले फलाकेका समाजवादको बुइमा प्रधानमन्त्रीको कुर्सी पाइने सपना, माधव नेपाल र ओली गुटबीच वैमनश्यताले नेपालमा फरक राजनीतिक अवस्था तयार हुँदै छ ।

कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका अनुयायी र कोइराला परिवारका प्रमुख पात्रको एक–आपसमा सामञ्जस्यता तथा अन्य गैर–डबल नेकपाबीच समन्वयको प्रक्रियाले पनि बन्दै गरेको नयाँ राजनीतिक परिस्थितिको यो छनक दिन्छ । यस्तै यसै साल जनकपुरधामस्थित सीता होटेलमा भारतीय राजदूत मञ्जीवसिंह पुरीको पूर्वराजासँग हुन गएको भेटबाट नेकपाका नेताहरू आक्रान्त थिए । पूर्वराजाले विभिन्न देशका प्रतिनिधि तथा नेपाली नेतासँग बैंककमा भदौमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए ।

झन् उनी बैंककबाट नयाँदिल्लीमा केही दिन बसेर काठमाडौं फर्केको घटनाबाट सत्तारुढ कम्युनिस्ट थप रनभुल्लमा परेका छन् । शक्ति संचयमा लागेका पूर्वराजा ज्ञानेन्द्र अहिले पर्ख र हेरको स्थितिमा छन् । यसैलाई टेकेर होला पूर्वराजाले दसैँको अवसरमा दिएको सन्देशमा भनिएको छ, ‘निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस्