श्रीलङ्कामा डेङ्गुबारे सचेत रहन स्वास्थ्य मन्त्रालयद्वारा नागरिकलाई ध्यानाकर्षण


एजेन्सी : श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा डेङ्गुको सङ्क्रमण देखिएको भन्दै नागरिकहरूलाई सचेत बन्न आग्रह गरेको छ । अक्टोबरको अन्त्यसम्ममा ८० जनाको डेङ्गुका कारण मृत्यु भएपछि शुक्रबार मन्त्रालयले नागरिकलाई डेङ्गुको सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको हो ।

स्थानीय सञ्चारमाध्यमले मन्त्रालयलाई उद्धृत गरी अक्टोबरसम्ममा ६० हजार नागरिक डेङ्गु भाइरसबाट प्रभावित बनेको र सबैभन्दा बढी समस्या कोलम्बो जिल्लामा देखिएको बताएका छन् । मन्त्रालयले दुई दिनसम्म नियमित ज्वरो आएमा आफूलाई पाएक पर्ने अस्पतालमा पुगी रगत परीक्षण (एन–वन टेष्ट) गर्न नागरिकहरूलाई सचेत बनाएको छ । यो परीक्षणबाट डेङ्गु ज्वरोको सजिलै तथा छिट्टै पहिचान हुने बताइएको छ ।

श्रीलङ्कामा गत बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५८ रहेको थियो । यस बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या अक्टोबरसम्ममा नै ८० पुगेकोले यसलाई यहाँका स्वास्थ्य विज्ञहरूले ‘भयावह’ स्थिति भनेका छन् । विज्ञहरूले उच्च ज्वरोको समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन र औषधी चलाउन सुझाब दिएका छन् ।

डेङ्गुको सङ्क्रमण भएका विरामीमा उच्च ज्वरो आउने, निरन्तर वान्ता आउने, पेट दुख्ने, रिङ्गटा लाग्ने र थोरै पिसाब लाग्ने लक्षणहरू देखिने विज्ञहरूले बताएका छन् । डेङ्गुको ज्वरोका कारण रक्तनलीहरू फुट्ने सम्भावना भएका कारण यसलाई प्राणघातक रोगका रूपमा लिन र रोगबाट सङ्क्रमित व्यक्तिले विद्यालय तथा आफूले काम गर्ने कार्यालयमा नजान र आरम लिन सुझाब महामारी रोग विशेषज्ञहरूले दिएका छन् ।

चिकित्सकहरूले गर्भवती महिलाहरूले ज्वरो आएकै दिन अस्पतालमा भर्ना भै उपचार लिन पनि सचेत गराएका छन् । श्रीलङ्कामा लामखुट्टेको टोकाईबाट सर्ने यस समस्या लिएर गत बर्ष ४८ हजार विरामी परेका थिए । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले देशभर लामखुट्टे नियन्त्रणका लागि व्यापक अभियान सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार

काठमाडौं : वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोन संक्रमण भएको पुष्टि

काठमाडौं– सोमबार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष