अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना



डडेल्धुरा : पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किएपछि अस्पताल भर्ना गरिएको छ ।

डडेल्धुराको एक घरमा अनशन बसेका केसीको शरीरमा एसिटोन बढेसँगै सुगर पनि घट्न थालेपछि शुक्रबार राति ८ बजे जिल्ला अस्पताल भर्ना गरिएको चिकित्सक डा. जितेन्द्र कँडेलले बताए ।

प्रदेश सांसद कर्णबहादुर मल्ल र स्थानीय प्रशासनको रोहवरमा उनलाई अस्पताल लगिएको उनले बताए । ‘शरीरमा एसिटोनको मात्रा बढेको छ । सुगरको मात्रा पनि घटेको छ । सुगर ६० मिलिग्रामरडिसिलिटर हुनुपर्नेमा घटेर ४३ मा पुगेको छ,’ डा. कँडेलले भने, ‘केसीलाई स्लाइन चढाउन थालिएको छ ।’ केसी सोमबारदेखि अनशनमा छन् । नयाँ पत्रिका देनिकबाट

प्रतिक्रिया दिनुहोस्