यी हुन् मोटरसाइकल दुर्घटनाबाट बच्ने उपाय



हरेक युवालाई मोटरसाइकल राइडिङ सायद मन पर्छ । उनीहरू ठूला सडकमा हावासँग गफ गर्दै लङ ड्राइभिङ गर्न चाहन्छन् । तर, यस्तो सौख कहिलेकाहीँ दुःखद अन्त्यको रूपमा पनि परिणत हुन सक्छ । त्यसैले सुरक्षित तरिकाले बाइक राइडिङ गर्नका लागि हामीले केही टिप्स दिएका छौँ :

बाइक चलाउँदा सधैँ हेल्मेटको प्रयोग गर्नुहोस् । यसले दुर्घटना भइहाल्यो भने पनि तपाईंको ज्यान जोगिने ९० प्रतिशत चान्स दिन्छ ।

बाइक स्टार्ट गर्दा साइड स्ट्यान्ड माथि सार्न नबिर्सिनुहोस् । स्ट्यान्ड लगाएरै बाइक चलाइयो भने दुर्घटना हुन्छ ।

भिडभाडमा बिस्तारै कुदाऔँ । गियर घटाऔँ ।

पूरै सडक ओगटेर बाइक राइड नगरौँ । आफ्नो साइडमा मात्र चलाऔँ ।

दायाँतर्फबाट मात्र ओभरटेक गरौँ ।

टर्न गर्दा इन्डिकेटर बाल्न नबिर्सौंं ।

हात र खुट्टा दुवैको ब्रेक प्रयोग गरौँ ।

प्रतियोगितामै भाग लिएको जस्तो गरेर स्पिडमा नकुदाऔँ । त्यस्तै, गतिमा ओभरटेक नगरौँ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्