विप्लवका केन्द्रीय सदस्यसहित १६ जना कार्यकर्ता पक्राउ



बाजुरा : नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको टोली पक्राउ गरेको हो ।

जिल्लाको गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताए । पक्राउ पर्नेमा रोल्पा जिल्ला गंगादेब गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणी ओली सहित १६ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भाटले जानकारी दिए ।

यस्तै पक्राउ पर्नेमा जिल्ला बाजुरा त्रिबेणी नगरपालिका–२ छतारा बस्ने वर्ष ३५ को डम्म सुनार,अछाम जिल्लाको ढकारी गाउँपालिका–२ बस्ने वर्ष २४ को नरेश शाही,कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष २८ को दिपक प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक भाटले भनेका छन् ।

यस्तै बाजुराको हिमाली गाउँपालिका–१ बस्ने वर्ष २२ को अमलाल थापा, सोही ठाउँका बस्ने वर्ष २२ को धर्म बहादुर थापा,अछाम बिनायक नगरपालिका–८ बस्ने बर्ष २२ को उदय कसेरा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पक्राउ पर्नेमा अछामको।ढकारी गाउँपालिका–२ बस्ने बर्ष २६ को राजेश कुमार शाही,सोही गाउँपालिका–७ बस्ने बर्ष २१ को डबल बहादुर नेपाली,तुर्माखाद गाउँपालिका–८ बस्ने वर्ष १९ को कृष्ण बि।क रहेका छन् ।

बाजुरा हिमाली हिमाली गाउँपालिका–१ बस्ने वर्ष २६ को धरम सिंह बोहरा,।स्वामीकार्तिक गाउँपालिका–१ बस्ने वर्ष १९ की कुस्मा बि।क।सोही गाउँपालिका– १ बस्ने वर्ष १९ की अस्मिता बिकसोही ठाउँ बस्ने वर्ष १९ की सुस्मिता बिक प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अछाम ढकारी गाउँपालिका–२ बस्ने वर्ष १९ की कमला बिक र अछाम मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंह रहेको प्रहरी प्रमुख भाटको भनाई रहेको छ । पक्राउ परेका १६ जनाको थप अनुसन्धान भईरहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्